Listen LIVE

नेपालगञ्ज| आँखामा ‘डार्क सर्कल’ देखिनुको धेरै कारण हुन्छन्। त्यसमध्ये अनिद्रा र स्ट्रेस प्रमुख हो। यसबाहेक शरीरका अरू समस्या पनि छन् जसको कारण आँखामा डार्क सर्कल देखिन्छ।

Advertisement 1

 

कहिलेकाहीँ आँखा र नाकमा हुने एलर्जीले पनि यस्तो हुन्छ। आँखा चिलाइरहने अनि नाकबाट सिँगान बगिरहने समस्या भएकाको आँखामा डार्क सर्कल देखिन्छ।

Advertisement 2

 

आँखामा डार्क सर्कल देखिनुको प्रमुख कारण शरीरको समस्याले हो। थकान बढी भएका, निद्रा नपुग्ने, नाकमा सिँगान धेरै बग्ने र थाइराइडको समस्याले समेत आँखाको चारैतिर कालो देखिन्छ।

Advertisement 3

 

यस्तै आँखा र टाउकोमा कुनै चोटपटक लाग्दा पनि डार्क सर्कल देखिन्छ। आँखाको तल्लो भाग सुन्निएर त्यहाँ पानी भरिएपछि डार्क सर्कल देखिन्छ। त्यसैले शरीरमा पानीको अभाव हुन दिनु हुँदैन।

 

आफूलाई चाहिने निद्रा पुर्‍याउनुपर्छ। सकेसम्म राति अबेरसम्म बस्नु हुँदैन। त्यस्तै आवश्यक मात्रामा आराम गर्नुपर्छ। आँखाको तल्लो भागमा आइसले ५-१० मिनेट सेक्न सकिन्छ। त्यस्तो गरेमा पनि डार्क सर्कल कम हुन्छ।

 

पछिल्लो सयम योप्रति मान्छे धेरै गम्भीर हुन थालेका छन्। उनीहरू चिकित्सककहाँ जान्छन्। विशेष गरेर युवाहरू सचेत छन्। यसले आफ्नो आत्मबल समेत घट्छ भनेर मान्छेहरूले चासो दिएका छन्।

 

आँखा फरफराउने समस्या उत्तिकै छ। कुन आँखा फरफरायो भने राम्रो-नराम्रो भन्ने छ। यो एउटा गलत बुझाइ मात्र हो। कुनै कारणले गर्दा आँखामा जोड पर्‍यो भने, निद्रा परेन भने आँखा आफै फरफराउने हो। आँखा धेरै सुख्खा भएपछि आँखा झिम्क्याउने हुन्छ। कतिपयलाई भने यो बानी नै लागेको हुन्छ।

 

हामीले पढेपछि थाहा पायौं कि, जुन आँखा थाकेको छ, त्यही बढी फरफराउँछ। आँखा फरफराउन साथ गलत बुझ्ने होइन, बरू अलि धेरै स्ट्रेस भयो कि भनेर सोच्नुपर्छ।

 

आँखा फरफराउने समस्या हुनेले मेरा दैनिक गतिविधिको कारण पर्याप्त आराम पुगेको छ कि छैन भनेर सोच्नुपर्छ।

 

आँखा सुख्खा नहुने कुनै औषधि राख्न सकिन्छ। कहिलेकाहीँ काममा व्यस्त हुँदा आवश्यक पानी खाइएको हुँदैन यसलाई पनि ध्यान दिन जरूरी छ। कसैको वंशाणुगत समस्या पनि हुनसक्छ। ( आँखा रोग विशेषज्ञ डा. रचना सिंह राणा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!