पालगन्ज : स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा दुई लाख रुपैयाँ पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
Advertisement 1

भेरी रकर्स स्पोर्ट्स क्लबको आयोजनामा आगामी वैशाख ३ गतेदेखि नेपालगन्ज उपमहानगरपालिकास्थित विशालनगरमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
Advertisement 2

क्लबका अध्यक्ष मोहम्मद साजिद खानका अनुसार यस प्रतियोगितामा जम्मा ३२ वटा टोलीले सहभागिता जनाउनेछन्। टेनिस बल प्रयोग गरी खेलाइने यस प्रतियोगिताका खेलहरू १० ओभरको ढाँचामा प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ।
Advertisement 3
प्रतियोगिताको उपाधि चुम्ने टोलीले नगद दुई लाख रुपैयाँ हात पार्नेछ भने उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

रात्रिकालीन खेलमार्फत स्थानीय खेलकुदलाई अगाडि बढाउने लक्ष्य राखिएको यस प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजक क्लबले विगतका वर्षहरूदेखि नै नियमित रूपमा सञ्चालन गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण हो।











