Listen LIVE

नेपालगन्ज पोष्ट : नेपालगन्जको मुटु तथा बागेश्वरी मन्दिरको प्रवेशद्वार छेउमै रहेको व्यस्त धम्बोझी चोकमा पैदल यात्री हिँड्ने बाटो अतिक्रमणको चपेटामा परेको छ। सडक पेटीमै ‘हाम्रो मम सेन्टर’ले खुल्ला रूपमा खसी र तरकारी काट्ने स्थल बनाउँदा सर्वसाधारणलाई हिँडडुल गर्न सास्ती भएको छ।

Advertisement 1

 

सहरको मुख्य चोकमा खुलेआम पशु बध र फुटपाथ कब्जा भइरहँदा पनि नेपालगन्ज उपमहानगरपालिका र नगर प्रहरी मुकदर्शक बनेका छन्। व्यवसाय नियम र परिधिभित्र हुनुपर्छ; सर्वसाधारणको बाटो रोक्न पाइँदैन। जनस्वास्थ्य, धार्मिक भावना र सहरको सौन्दर्यमै असर पुग्ने यो अव्यवस्था तत्काल हटाएर पैदल मार्ग पूर्ण रूपमा खुल्ला गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।

Advertisement 2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!