Listen LIVE

पाेखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्वडीआईजी जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो ।

सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार बिहान ११ बजेदेखि साढे ६ बजेसम्म बयान लिएको हो । सहकारी ठगी मुदामा ५७ वटा सवालजवाफ गरी सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ त्यो अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा थप बयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानून टेकेर हामीले अवस्था हेरेर बयान लिन पनि सकिने छ’ उनले भने ।

सोमबार नै बयान नसकिएकोले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो । बुधबार विमानमार्फत पोखरा ल्याइने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको बयान सकिएको छ, थुनुवा फिर्ता भयो, प्रहरीले कहाँकहाँ अनुसन्धान गरिरहेको छ त्यहीँ पठाउँछ’, जिल्ला न्यायाधिवक्ता पौडेलले भने ।

‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो, को-कोलाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ’, न्यायाधिवक्ता पौडेलले भने ।

उनले भने, ‘सामान्य अवस्थामा सहजरुपमा सवालजवाफ भएको छ, हामीले बयान भन्दा अगावै सवालजवाफ गर्न सक्ने अवस्थामा छन् कि छैनन भनेर सोधेपछि मात्रै दिन सक्ने भनेपछि बयान लिइएको थियो । ’

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहित प्रहरीले जोशीको बयान लिएको हो ।

अनुसन्धान र गोपनीयताको विषय भएकोले गोर्खा मिडियाकै साझेदार जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन ।

यता, सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाई बयानको लागि रूपन्देही ल्याउँदा सहकारी पीडितले प्रदर्शन गरे ।

जोशीलाई सरकारी वकिल कार्यालय रुपन्देहीमा ल्याएको थाहा पाएपछि पीडितले शीघ्र कारबाहीको माग राख्दै जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

अनुसन्धान प्रकृया चलेको २ वर्ष भन्दा बढी समय भए पनि अहिलेसम्म आफूहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पीडितहरु आक्रोशित भएका थिए ।

मुख्य अभियुक्त भनिएका जीबी राई, सुप्रिम सहकारीका तत्कालिन ब्यवस्थापकलगायतलाई पक्राउ गर्न नसकोकोले उनीहरुलाई पनि पक्राउ गरी कारबाही गर्न पीडितले माग गरेका छन् ।

यता गोरखा मिडियाका पूर्व साझेदार एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने अनुसन्धानकै क्रममा रहेका छन् ।

गत शुक्रबार उनलाई काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएकामा अनुसन्धानका लागि आइतबार ६ दिनको म्याद थपिएको छ । उनकाे कास्कीस्थित सरकारी वकील समक्ष बयान सुरु भएकाे छ । छवि र रविको प्रकरण एउटै भएकाले रविलाई पनि रुपदेन्ही लैजाने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!