विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।
Advertisement 1
अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।
Advertisement 2
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।
Advertisement 3
मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया