Listen LIVE


बागमती :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

Advertisement 1


घाइतेहरु विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाका ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका नेपाली, चितवनको राप्ती नगरपालिका–११ का १० वर्षीया मुना लोप्चन, मकवानपरको हेटौँडा उपमहानगरपालिका–४ का ४५ बर्षीया सुशीला पराजुली, चितवन राप्ति नगरपालिका–११ का ३० वर्षीया ममता तामाङ, ११ वर्षीया मनिषा तामाङ, ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का वर्षीय गणेश लामा, तनहुँको घिरिङ गाउँपालिका–२ का ३१ वर्षीया नन्दकली थापा, निजको छोरी नौ वर्षीया मिनाक्सी थापा, मोहत्तरीको बर्दिबास–५ का ३४ वर्षीय गोरेबहादुर परियार र ३० वर्षीय बिमलकुमार परियारको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।


यस्तै पाल्पाको रामपुर नगरपालिका–९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजको छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली, चितवन राप्ति नगरपालिका–११ का ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजको छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका– ९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ ।

Advertisement 2


साथै रौतहटको चन्द्रनियापुर नगरपालिका–४ का २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका–११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिका–६ का १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका–५ का ३३ वर्षीय बिनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय प्रभु सापकोटाको पनि पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ ।


दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका–७ माझीटोल निवासी ३८ वर्षीय हरिकुमार माझी, सोही ठाउँका ३६ वर्षीय सम्झना माझी, चितवनको खैरेनी नगरपालिका–२ निवासी २९ वर्षीय प्रज्वल कुमाल र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी ५४ वर्षीया सिता ढुङ्गानाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!