काभ्रे, माघ १३ : काभ्रेको धुलिखेलमा आज बिहान भएको बस दुर्घटनामा २४ जना घाइते भएका छन्।
Advertisement 1
बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा सवा ८ बजे आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
Advertisement 2
दुर्घटनाको खबर पाएपछि प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। घाइते सबै यात्रुलाई उद्धार गरी नजिकैको धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनामा बस चालक र सहचालक गम्भीर घाइते भएका छन्।
Advertisement 3
हाल बस घटनास्थलमै रहेको र सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया