काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
Advertisement 1
उपचारका लागि गत फागुन १३ गते श्रीमती एवं पूर्वमन्त्री आरजु राणा देउवासँगै सिंगापुर गएका देउवा त्यसपछि थाइल्यान्ड पुगेका थिए। उनी आज नेपाल फर्किएका हुन्।
Advertisement 2
देउवा स्वदेश फर्किएपछि नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन्। उनको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित भएका थिए।
Advertisement 3
कार्यकर्ताले बाजागाजा र झाँकीसहित देउवाको स्वागत गरेका थिए। स्वागतपछि उनलाई कारमा राखेर कार्यकर्ताले स्कर्टिङ गर्दै महाराजगञ्जस्थित अस्थायी निवासतर्फ लगेका छन्।
पूर्वप्रधानमन्त्री देउवा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थिए। त्यसपछि उपचारका लागि उनी विदेश गएका थिए।
यसैबीच, देउवा शुक्रबार काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजना हुने नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। भेलालाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधि र आगामी रणनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।











