नेपालगञ्ज : गायक रबिन भुसालको नयाँ गीत “दुई कदम हामी संगै” आज सार्वजनिक भएको छ। Big Nepali Films Production द्वारा निर्मित यस गीतमा गायक रबिन भुसाल स्वयंले शब्द, संगीत तथा स्वर दिएका छन्।
Advertisement 1
गीतको भिडियोमा अभिनेता आयुष खान र अभिनेत्री अश्विनी शाहीको रोमान्स प्रस्तुत गरिएको छ। यो गीतको छायांकन उच्च हिमाली क्षेत्र माथिल्लो मुस्ताङमा गरिएको हो। निर्देशक विशाल नेपालीको निर्देशनमा तयार पारिएको भिडियोमा डिनेश पराजुलीको छायांकन, अमृत चापागाईंको सम्पादन तथा पुनम चौधरीको मेकअप रहेको छ।
Advertisement 2
गायक रबिन भुसालका अनुसार, माइनस २८ डिग्रीको कठ्याङ्ग्रिदो जाडोमा कठिनाइ सहेर गीतको छायांकन गरिएको थियो। उनले श्रोताहरूसँग गीतलाई माया गरिदिन आग्रह गरेका छन्। Voice of Nepal बाट चर्चामा आएका रबिन भुसाल लोकदोहोरीदेखि चलचित्रका गीतसम्म आफ्नै शैलीमा प्रस्तुत गर्दै आएका छन्।
Advertisement 3
गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् भने साजन शाहले गीतको मास्टरिङ गरेका छन्। भिडियोलाई Big Nepali Films Production ले निर्माण तथा वितरण गरेको छ।










प्रतिक्रिया