Listen LIVE

नेपालगञ्ज : माइक्रोसफ्टका सहसंस्थापक तथा अर्बपति बिल गेट्सले आफ्नो जीवनको सबैभन्दा ठूलो पछुतो पत्नी मेलिन्डासँगको सम्बन्धविच्छेद भएको बताएका छन्।

Advertisement 1

 

टाइम्स अफ लन्डनसँगको अन्तर्वार्तामा गेट्सले २७ वर्ष लामो दाम्पत्य जीवन टुंगिनु दुःखद रहेको उल्लेख गरे। उनले १९८७ मा मेलिन्डासँग पहिलो भेट हुँदा आफू चरम सफल नभएको बताए। “हाम्रो सम्बन्धका क्रममा मैले असाधारण सफलता पाएँ। उनले मलाई धेरै सहारा दिइन्,” गेट्सले स्मरण गरे।

Advertisement 2

 

सम्बन्धविच्छेदको पहल मेलिन्डाले गरेकी थिइन्। विभिन्न सञ्चारमाध्यमहरूका अनुसार, माइक्रोसफ्टकै एक कर्मचारीले गेट्समाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि मेलिन्डा असन्तुष्ट बनेकी थिइन्। साथै, बद्नाम यौन अपराधी जेफ्री एप्स्टिनसँग बिलको सम्बन्धले पनि उनलाई क्रुद्ध बनाएको बताइन्छ।

Advertisement 3

 

तीन सन्तान हुर्काइसकेपछि टुंगिएको उनीहरूको विवाहसँगै, मेलिन्डाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि छाडिन्। गेट्सका अनुसार, सम्बन्धविच्छेद निकै कठिन रह्यो, तर फाउन्डेसन छाड्दा झन् दुःख लाग्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!