चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट त्रिशूली नदीमा खसेका युवकको शव नौ दिनपछि फेला परेको छ।
Advertisement 1
लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा बस्दै आएका २७ वर्षीय रोहित राना यही फागुन २ गते मोटरसाइकल दुर्घटनामा परेर बेपत्ता भएका थिए।
Advertisement 2
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, दुर्घटनास्थलबाट करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा रानाको शव फेला परेको हो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले शव उद्धार गरी परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।
Advertisement 3
प्रहरीका अनुसार, रोहित भारतीय सेनामा कार्यरत थिए। दुर्घटनाका क्रममा नारायणगढबाट काठमाडौंतर्फ जाँदै गर्दा बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा अडिएको थियो भने राना भने पुलबाट तल त्रिशूली नदीमा खसेका थिए।
शवको सनाखत परिवारका सदस्यहरूले गरिसकेको छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको नेपालगञ्ज पोष्ट लाई जनाएको छ।










प्रतिक्रिया