Listen LIVE

बैतडी, १९ फागुन : बैतडीमा दाजुको गोली प्रहारबाट सख्त घाइते भएका एक युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको गोली लागेर मृत्यु भएको हो।

Advertisement 1

 

शनिबार राति करिब ८ बजे सुरेन्द्र र उनका दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टबीच लेनदेनको विषयमा विवाद भएको थियो। विवादकै क्रममा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

Advertisement 2

 

घटनापछि कर्णबहादुर फरार रहेका छन्। उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीले इलाका प्रहरी कार्यालय पाटन, खोचलेक प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाई अनुसन्धान अघि बढाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!