बैतडी, १९ फागुन : बैतडीमा दाजुको गोली प्रहारबाट सख्त घाइते भएका एक युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको गोली लागेर मृत्यु भएको हो।
Advertisement 1
शनिबार राति करिब ८ बजे सुरेन्द्र र उनका दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टबीच लेनदेनको विषयमा विवाद भएको थियो। विवादकै क्रममा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
Advertisement 2
घटनापछि कर्णबहादुर फरार रहेका छन्। उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीले इलाका प्रहरी कार्यालय पाटन, खोचलेक प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाई अनुसन्धान अघि बढाएको छ।









प्रतिक्रिया