Listen LIVE

बर्दिया, साउन १९ : मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको उपचारमा धेरै खर्च हुने डरले हत्या गरेको आरोपमा बर्दिया प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Advertisement 1

 

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ बिनाडी स्थायी घर भई हाल बर्दियाको ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन्। उनीमाथि आफ्नै साथी ठाकुरबाबा नगरपालिका–९ बेतहनीका २७ वर्षीय आसाराम थारुको हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Advertisement 2

 

प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारा बजारस्थित सडकमा लु.प्र.००१–०१२ प ०८२५ नम्बरको ४०० सीसीको एनएस मोटरसाइकल दुर्घटनाको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले गोविन्द जैसीलाई घाइते अवस्थामा फेला पारेको थियो। प्रारम्भिक बयानमा उनले दुर्घटनापछि आफू बेहोस भएको र मोटरसाइकल चालक आसाराम थारु सम्पर्कविहीन रहेको बताएका थिए।

Advertisement 3

 

घटनापछि प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य तीव्र बनाएको थियो। त्यसक्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपटुवातर्फ जाने सिँचाइ नालामा आसाराम थारुको शव फेला परेको थियो।

 

अनुसन्धानका क्रममा दुर्घटनापछि उपचार गराउँदा धेरै खर्च हुने डरले गोविन्द जैसीले साथीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार घटनाको रात दुवैले ग्यारेजमा बसेर बियर सेवन गरेका थिए। त्यसपछि थारुको घरमा खाना खाई एक जना साथीलाई मडेलामा पुर्‍याएर फर्किने क्रममा जैसीले मोटरसाइकल चलाइरहेका बेला दुर्घटना भएको थियो।

 

दुर्घटनापछि घाइते भएका आसाराम थारुलाई अस्पताल लैजानुको सट्टा जैसीले नजिकैको निर्माणाधीन घरको सटरिङमा प्रयोग हुने काठले छातीमा पटक–पटक प्रहार गरेका, त्यसपछि मोटरसाइकलको साँचोले अनुहारमा प्रहार गरेका र अन्ततः गलामा रहेको डोरी प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसपछि शवलाई नजिकैको सिँचाइ नालामा फालेर उनी घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ।

 

घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग भएको काठ, डोरी, मोटरसाइकलको साँचो तथा मृतकको चप्पल बरामद गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार गोविन्द जैसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान सम्बन्धी कसुर मा मुद्दा दर्ता गरिएको छ। अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!