काठमाडौँ, असार १५; नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा बढ्दो गालीगलौजको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद् शुरु हुनेबित्तिकै गालीगलौज गर्ने परम्परा विकास हुँदै गएको र यसले संसदीय मर्यादा गम्भीर रूपमा खल्बल्याएको बताए।
Advertisement 1
उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही सांसदहरूले प्रयोग गर्ने ‘चोर’, ‘फटाहा’ र ‘मानव बेचुवा’ जस्ता अमर्यादित शब्दप्रति आपत्ति जनाउँदै यस्ता शब्दावली संसद्मा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।
Advertisement 2
“अहिले संसद्मा कारबाही सुरु भएपछि दिनहुँ उठेर गालीगलौज गर्ने प्रक्रिया सुरु भएको छ,” घिमिरेले भने, “यसरी चोर, फटाहा र मानव बेचुवा भन्ने प्रवृत्तिको अन्त्य नभएसम्म संसद्को मर्यादा कायम रहन सक्दैन।”
Advertisement 3
उनले भिजिट भिसा प्रकरणबारे संसद् र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र सो विषयमा संसदीय समिति गठन भइसकेको पनि स्मरण गराए।
प्रमुख सचेतक घिमिरेले गालीगलौजको प्रवृत्ति रोकिएन भने आफूहरू पनि प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। “यदि यस्तो प्रवृत्ति रोकिएन भने हामीले पनि त्यसैअनुसार प्रतिवाद गर्नुपर्ने हुन्छ,” उनले स्पष्ट पारे।










प्रतिक्रिया