बहराइच : भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको हरदी इलाकामा दुर्गा प्रतिमा विसर्जनका क्रममा ढुङ्गा मुढा र गोलीकाण्ड हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्गा प्रतिमा विसर्जन गर्ने क्रममा केही मुस्लिम समुदायका व्यक्तिहरूले ढुङ्गा मुढा गरेपछि विवाद सुरु भएको थियो। घटनास्थलमा उपस्थित प्रहरीले रोक्न खोज्दा पनि स्थिती नियन्त्रणमा आउन सकेन, जसका कारण घटनाले ठुलो रुप लिएको हो।
स्थानीय रामलीला समिति अध्यक्ष श्यामकरण टेकरीवालका अनुसार “मुस्लिम समुदायका व्यक्तिहरूले प्रतिमा तोडफोड ढुङ्गा मुढा गरेका थिए, जसको विरोध गर्दा प्रतिवादीले गोली चलाए। उक्त गोलीकाण्डमा रेहुआ मंसूरका रामगोपाल मिश्रको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई व्यक्ति गम्भीर घाइते भएका छन्।”
विसर्जनको क्रममा भएको आगजनीमा धेरै सवारी साधनमा क्षति पुगेको छ। आक्रोशित भीडले बहराइच जिल्लाभरका दुर्गा प्रतिमा विसर्जन स्थगित गर्दै, मृतकको शव सडकमा राखेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।
प्रदर्शनकारीहरूले भने, घटना हुँदा उनीहरू दोषीको पक्राउको माग गर्दै थिए, तर हरदी प्रहरी चौकीका प्रमुखले लाठीचार्ज गरेका कारण धेरै जना घाइते भएका छन्।








प्रतिक्रिया