पोखरा, कास्की । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ। मानव सेवा फाउन्डेसन, नेपालले लेकसाइडको बाराहीघाट क्षेत्रमा भूमिपूजन गर्न खोज्दा महानगर प्रहरीले रोक्न खोजेपछि दुई पक्षबीच तनाब सिर्जना भएको हो।
Advertisement 1

महानगर प्रहरीका अनुसार बिना अनुमति भूमिपूजन गर्न लागिएको भन्दै रोक्ने प्रयास गरिएको थियो। तर, आयोजक पक्षले कार्यक्रम अघि बढाउने अडान लिएपछि स्थिति तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार झडपका क्रममा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्।
Advertisement 2

आयोजक पक्षले नेपाल ट्रस्टको उक्त जग्गामा आगामी वैशाख–जेठमा महायज्ञ आयोजना गर्ने योजना बनाएको थियो। त्यसैका लागि आज भूमिपूजन गर्न खोजिएको बताइएको छ। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
Advertisement 3












