Listen LIVE

काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।

Advertisement 1

 

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा.डा.कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।

Advertisement 2

यस्तै, उपकुलपति प्रा.डा.बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।

 

Advertisement 3

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नु पूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!