Listen LIVE

नेपालगञ्ज, साउन १५ — सुनसरी र सिराहामा भएका घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा शान्ति कायम राख्ने उद्देश्यले नेपालगञ्जमा शनिबार सद्भाव र्‍याली आयोजना गरिने भएको छ।

Advertisement 1

 

जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले साउन १६ गते बिहान ७:३० बजे नेपालगञ्जको बी.पी. चोकबाट धम्बोझी (वीरेन्द्र चोक) सम्म सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो। र्‍यालीमा जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक अगुवा, विभिन्न संघसंस्था तथा सबै सरोकारवालाको सहभागिताका लागि आह्वान गरिएको छ।

Advertisement 2

बैठकले सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिराहामा साउन १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादव प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले जानकारी दिए।

Advertisement 3

 

बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तीन बुँदे निर्णयसमेत गरेको छ। निर्णयअनुसार सार्वजनिक स्थानमा डीजे/साउन्ड सिस्टम बजाउने कार्यमा यसअघि लगाइएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गरिनेछ।

 

त्यसैगरी, धार्मिक तथा सामाजिक कार्यक्रमका क्रममा हतियार प्रदर्शन नगर्न र परम्परागत रूपमा प्रयोग हुने हतियारलाई प्रदर्शनात्मक नभई सांस्कृतिक प्रतीकका रूपमा मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

 

बैठकमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!