Listen LIVE

तुलसीपुर, ३ पौष । दाङको तुलसीपुरमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तुलसीपर–२ भमके निवासी २९ बर्षीय चित्र बहादुर बुढाथोकीले ३२ बर्षीया श्रीमती हस्ति कुमारी बुढाथोकीलाई सामान्य बिबादका कारण दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आज बुधबार बिहान १० बजेको समयमा घरमा कोही नभएको अवस्थामा श्रीमतीको हत्या गरी फरार रहेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवा ११ बजेको समयमा तुलसीपुर–७ कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

Advertisement 1

 

प्रहरी निरीक्षक थापाका अनुसार चित्र बहादुरले श्रीमतीको हत्या गरेर फरार भएको भनेर साढे १० बजेको समयमा प्रहरीलाई खबर आएको थियो । त्यस लगत्तै खोजतलास गर्दै जाने क्रममा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले नेपालगञ्ज पोष्ट लाइ जानकारी दिनुभयो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!