बाँके : शसस्त्र प्रहरी बल नेपालगञ्जले भारतीय सीमाबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ। जनकपुर गापा–९ शिवपुरीस्थित एक विद्यालय नजिकबाट शसस्त्र प्रहरीले एक क्विन्टल (१०० केजी) अवैध बोइलर कुखुरा बरामद गरेको हो।
Advertisement 1
शसस्त्र प्रहरी बल नेपाल, बर्दिया बीओपीका इञ्चार्ज निरीक्षक दिनेन्द्र सावदको टोलीले बिहानको गस्तीको क्रममा तस्करहरू छोडेर भागेपछि कुखुरा नियन्त्रणमा लिएको हो। उक्त कुखुराको नेपाली बजार मूल्य करिब ७० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
Advertisement 2
शसस्त्र प्रहरी बल ३० नम्बर गण, बाँकेश्वरी हेडक्वार्टरका गणपति शोभा कान्त खनालका अनुसार बरामद कुखुरा क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको छ। उनले भने, “स्वास्थ्यमा असर पर्ने कुनै पनि सामग्रीको तस्करीलाई रोक्न हामी प्रतिबद्ध छौं।”
Advertisement 3
स्थानियवासीका अनुसार भारतीय सिपारा क्षेत्रबाट प्रायः राति र विहानको समयमा कुखुरा तस्करी हुने गरेको छ। यसले गर्दा स्थानीय बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुनुका साथै जनस्वास्थ्यमा समेत नकारात्मक असर परेको बताइएको छ।
शिवपुरी क्षेत्र हुँदै अवैध रूपमा ल्याइएको कुखुरा खजुरा, नेपालगञ्ज, बाँसगढी, कोहलपुरलगायतका क्षेत्रमा बिक्री वितरण भइरहेको पाइन्छ। यसरी अनियमित रूपमा भित्राइएका कुखुराले उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर पार्ने खतरा रहेको छ।
शसस्त्र प्रहरीले जनसहयोगमा सूचना संकलन गरेर चोरी पैठारी नियन्त्रणमा ल्याउने रणनीति अझै सशक्त बनाएको जनाएको छ।










प्रतिक्रिया