चितवन, भरतपुर:पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको जग बसाल्ने क्रममा आफूले सुरु गरेको अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको बताउनुभएको छ। चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले यस्तो धारणा राख्नुभएको हो।
Advertisement 1
कार्यक्रममा बोल्दै डा. भट्टराईले रास्वपालाई वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्तिको संज्ञा दिँदै सफलताको शुभकामना दिनुभयो। उहाँले भन्नुभयो, ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्।’
रास्वपाप्रति समर्थन जनाउँदा आफूलाई अनेक लाञ्छना लगाइने गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। आफूले रास्वपाको प्रशंसा गर्दा ‘के पाउन लाग्यो’ वा ‘कस्तो ललिपप देखाइदियो’ भन्दै टिकाटिप्पणी हुने गरेको बताउँदै भट्टराईले यस्तो आलोचना निकृष्ट भएको बताउनुभयो।
Advertisement 2
उहाँले भन्नुभयो, ‘हाम्रो समाज अत्यन्तै न्यून चेतना स्तरको छ। यसले के पाउन लाग्यो, रास्वपाले के ललिपप देखाइदियो भनिरहेको सुन्छु। म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त? सबै थोक प्राप्त गरेको छु। प्रधानमन्त्री भइसकेको मान्छे, के ललिपप खाने मैले यो उमेरमा?’
विगत एक दशकदेखि आफूले वैकल्पिक राजनीतिक अभियानको नेतृत्व गर्दै आएको स्मरण गर्दै भट्टराईले सोही अभियानको निरन्तरता र उपलब्धिस्वरुप अहिलेको पुस्ता उदाएको तर्क गर्नुभयो।
Advertisement 3











