Listen LIVE

सरला सुवेदी ,बाँके । कोहलपुरकी विष्णु चौधरीले पुष्प खेती व्यवसायमा प्रवेश गरेर सिजनमै पाँच लाख रुपैयाँ कमाउँदै जिल्लाकै उत्कृष्ट पुष्प व्यवसायीको रुपमा परिचय बनाउनुभएको छ।

Advertisement 1

 

कोहलपुरकी पहिलो महिला पुष्प उत्पादकका रूपमा स्थापित विष्णु, नेपाली विषयमा डिग्री गर्नुभएको छ। उहाँले कहिल्यै व्यवसाय गर्छु भनेर सोच्नुभएको थिएन। तर, पुष्प खेती सङ्गै व्यवसाय क्षेत्रमा रहरले प्रवेश गरेपछि अहिले भने यसलाई मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ। उहाँ भन्नुहुन्छ “पहिलो पटक सफल भएपछि पुष्प व्यवसाय र पुष्प खेतीप्रति आत्मविश्वास जाग्यो।”

Advertisement 2

 

सुरुवाती समयमा कीरा लागेर फूलमा केही नोक्सानी भए पनि विष्णुले पहिलो वर्षमै एक लाख रुपैयाँ बढीको कमाइ गर्नुभयो। यस आत्मविश्वासले प्रेरित भएर उहाँले अर्को नर्सरी थप्नुभयो। दशैं(तिहार र विवाहको सिजनमा सयपत्री, मखमली, र गोदावरी जस्ता फूल उत्पादन गर्नुहुन्छ, जसले गर्दा एक सिजनमै पाँच लाख रुपैयाँ बढीको आम्दानी हुन थालेको छ।

Advertisement 3

 

कोहलपुर नगरपालिकाको सहयोगले विष्णु जस्तै अन्य पुष्प व्यवसायीको व्यवसायलाई थप उचाइमा पुर्याएको छ। नगरपालिकाले रेडिमेट खादाँ बहिष्कार गरेपछि कार्यक्रमहरूमा बाह्य फूल प्रयोग निषेध गरियो। यसले विष्णुको नर्सरीलाई प्रमुख विकल्प बनाएको छ। उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ यति धेरै माग आउँछ कि पूरा गर्न नेपालगञ्जबाट फूल मगाउनुपर्छ।” विष्णुलाई विश्वास छ कि नगरपालिकाले यो निर्णय पूरै कार्यान्वयन गरे स्थानीय उत्पादनको प्रवर्द्धनमा थप सहयोग पुग्नेछ।

 

 

नगरपालिकाले पुष्प खेतीलाई स्थानीय ब्रान्डको रूपमा स्थापित गर्न विष्णुलाई प्रत्यक्ष सहयोग गरिरहेको छ। सिँचाइ र बिउ बिजनका लागि कृषि शाखाले १ लाख ५० हजार सहयोग दिएको थियो भने नर्सरी विस्तारका लागि ५० हजार थप सहयोग प्रदान गरेको छ।

 

७ कट्ठा जमिनमा फूल खेती गर्दै अहिले प्रतिकिलो ५ सय रुपैयाँको दरले फूल बिक्री गर्नुहुन्छ भने, एक माला १२० रुपैयाँमा बिक्री हुन्छ। पुष्प खेतीले उहाँलाई आत्मनिर्भर बनाउनुका साथै अन्य महिलाहरूलाई पनि प्रेरित गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!