Listen LIVE

रौतहट – रौतहटको राजदेवी नगरपालिका -५ स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसको घर जलेका छन्। स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर लागेको आगोले अन्य घरमा समेत क्षति पुर्‍याएको हो ।

Advertisement 1

 

आगलागी भएको खबर पाउन साथ प्रहरी चौकी ब्रम्हपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुगेको थियो। आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ ।

Advertisement 2

 

घरमा राती सुतेको बेलामा आगलागी भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा , अन्न लगायत जलेको प्रहरीले नेपालगन्ज पोस्ट लाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!