Listen LIVE

बाँके : नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण गरिएको छ। नेपालगन्ज स्किन सेन्टरमा दुई जना युवकको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएसँगै नेपालगन्जमै कपाल प्रत्यारोपण सेवा सुरु भएको छ।

Advertisement 1

कस्मेटिक डर्माटोलोजिष्ट डा. अभिषेक अर्जेलको नेतृत्वमा ३४ वर्षीय र ३५ वर्षीय दुई पुरुषको कपाल प्रत्यारोपण गरिएको हो। उक्त प्रक्रियामा डा. अर्जेलसँगै डा. सपना शर्मा, एनेस्थेसिया विशेषज्ञ डा. नवीन रेग्मी लगायतको टिम संलग्न रहेको थियो।

Advertisement 2

३४ वर्षीय युवकको १२ घण्टा लगाएर ५,००० कपाल प्रत्यारोपण गरिएको छ भने ३५ वर्षीय युवकको १० घण्टा लगाएर ३,२०० कपाल रोपिएको छ। यी बिरामीहरूमा वंशाणुगत रूपमा तालुमा कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) देखिएको थियो।

Advertisement 3

डा. अर्जेलका अनुसार कपाल प्रत्यारोपण एक सुरक्षित प्रक्रिया हो, जसमा छालामा सानो प्वाल बनाई नयाँ कपाल रोपिन्छ। यो विधि अत्यन्त अनुभवी चिकित्सकबाट गरिनुपर्छ, जसले गर्दा राम्रो परिणाम प्राप्त हुन्छ। सुरूआती चरणमा केही असहज महसुस भए पनि १०–१५ दिनभित्र सुधार देखिन थाल्छ।

 

पहिले कपाल प्रत्यारोपणका लागि काठमाडौं वा अन्य ठूला सहर जानुपर्ने बाध्यता थियो। तर, नेपालगन्जमै यो सेवा सुरु भएपछि पश्चिम नेपालका लागि नयाँ सम्भावना खुलेको छ।

 

डा. अर्जेल भन्छन्, “कपाल झर्ने समस्या कतिपय अवस्थामा औषधिबाटै नियन्त्रण गर्न सकिन्छ। तर, यदि कपाल पूर्ण रूपमा झरेर तालु देखिने अवस्थामा पुगेको छ भने प्रत्यारोपण नै उत्तम उपाय हो।”

 

नेपालगन्जमा कपाल प्रत्यारोपण सेवा सुरु भएसँगै अब यस क्षेत्रका मानिसहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!