Listen LIVE

कपिलवस्तु, असार १६ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

Advertisement 1

 

धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

Advertisement 2

 

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरिसिंह महरा, बैतडीको सिवास गाउँपालिका–६ का २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ का २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ की ५५ वर्षीया सीतादेवी बादी, डडेलधुराका २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–५ का २३ वर्षीय विनोद सत्कुली, बैतडीको पुरचौडी नगरपालिका–८ का १५ वर्षीय लोचन विष्ट र उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट घाइते भएका छन्।

Advertisement 3

 

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारीका ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय अखिलकुमार ठडिया, चितवनको भरतपुर महानगरपालिका–२६ का ६५ वर्षीय भद्रकृष्ण मिश्र, धनगढी उपमहानगरपालिका–१८ का २४ वर्षीय गोपाल पौडेल, डडेलधुराका ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका–४ का ३३ वर्षीय प्रभानन्द ठकुन्ना, धनगढी उपमहानगरपालिका–१८ की २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका–९ का ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका–५ का २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ की ४० वर्षीया पार्वती बोहोरा पनि घाइते भएका छन्।

 

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जना सकुशल रहेका थिए। उनीहरूलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ।

 

दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!