सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा नेपाल प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
Advertisement 1
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका-१ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी-७ का मनोज राय छन्। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ।
Advertisement 2
प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेका थिए। सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









प्रतिक्रिया