सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा नेपाल प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका-१ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी-७ का मनोज राय छन्। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ। प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेका थिए। सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ। Post navigation कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध बहुविवाहसम्बन्धी कानुनी मस्यौदाप्रति नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) को आपत्ति