Listen LIVE

सुर्खेत : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सोमबार सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement 1

सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ। पार्टीको चुनावी समीक्षा र संगठनात्मक पुनर्गठन अभियानका लागि कर्णाली प्रदेश पुगेका पौडेललाई प्रहरीले सुर्खेतबाटै नियन्त्रणमा लिएको हो।

उनीसँगै एमालेका अन्य शीर्ष नेताहरू उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल पनि कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए। हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ। प्रहरीले उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिरहेको छ।

Advertisement 2

पौडेल यसअघि काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पनि विवादमा तानिएका थिए। पछिल्लो समय उनको सेयर कारोबार र सम्पत्तिको स्रोतलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको बताइएको छ। पक्राउ पर्नुअघि विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!