नेपालगञ्ज – बाँके जिल्ला अदालतले २०६६ साल असार २ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने ३७ वर्षीय मोहम्मद ईद्रिश हलवाईलाई मोटरसाइकल चोरीको मुद्दामा १० दिन कैद र ५०,००० रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला पछि फरार रहेका हलवाईलाई वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले २०८१ साल कात्तिक २६ गते पक्राउ गरेको छ।
१५ वर्षपछि पक्राउ परेका उनलाई बाँके जिल्ला अदालतमा प्रस्तुत गरी थप कानूनी कारबाही अघि बढाइएको छ।











