Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्णजन्माष्टमी आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णको स्मरणमा हरेक वर्ष भव्य रूपमा यो पर्व मनाइन्छ।

Advertisement 1

तराईका थारु समुदायमा यो पर्व ‘अष्टिम्की’ नामले परिचित छ। अष्टिम्की सुरु हुनुअघि नै गाउँमा चहलपहल बढ्छ। महिलाहरूले अघिल्लो दिन दर खान भेला हुन्छन्। भोलिपल्ट बिहानैदेखि निराहार व्रत बस्ने चलन छ। विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्छन् भने अविवाहित महिलाले उत्तम वर पाउने आशासहित व्रत बस्छन्।

Advertisement 2

यो दिन गाउँको प्रमुख व्यक्ति अर्थात् मतहवाको घरको बैठक कोठाको भित्तामा ब्रह्माण्ड सृष्टिसँग सम्बन्धित अष्टिम्की चित्र कोरिन्छ। साँझपख नजिकैको खोला वा कुवामा नुहाएर, टपरीमा पूजा सामग्री राखी एउटै थारु पोशाकमा सजिएका युवतीहरू मतहवाको घरमा भेला हुन्छन्। उनीहरू अष्टिम्की गीत गाउँदै चित्रको पूजा गर्छन्। यसै अवसरमा महिनौँ रोकिएको हार्या गुरई नाचगान र मादल बजाउने परम्परा पनि पुनः सुरु हुन्छ।

Advertisement 3

 

किंवदन्तीको कथा

थारु समुदायमा कृष्णलाई कुलदेवताका रूपमा मान्ने परम्परासँग एउटा रोचक किंवदन्ती जोडिएको छ। द्वापरयुगमा थारु राजा दङ्गीशरणको दरबारमा स्वर्गकी अप्सरा मेनका शरण लिन आइन्। मेनकाको खोजीमा आएका कृष्णलाई दङ्गीशरणको शरणमा उनी रहेको थाहा भयो। कृष्णले उनलाई फर्काउन आग्रह गरे, तर दङ्गीशरणले आफ्नो प्रेमका कारण इन्कार गरे।

 

कृष्णले युद्ध गरेर लैजाने चेतावनी दिएपछि दङ्गीशरण पाँच पाण्डवको शरणमा पुगे। भीमले “सबै देवतालाई मान्ने” शर्तमा उनलाई सुरक्षा दिने वाचा गरे। अन्ततः द्वन्द्वको अन्त्यसँगै दङ्गीशरणले कृष्णसहित सबै देवतालाई मान्न थाले र त्यही समयदेखि कृष्ण थारु समुदायका कुलदेवताका रूपमा स्थापित भए भन्ने मान्यता छ।

व्रतको समापन र उपहारको चलन

व्रतालु महिलाहरूले दिनभर अन्न नखाई फलफूल मात्र खान्छन्। भोलिपल्ट बिहान पूजा सामग्री खोलामा विसर्जन गरी व्रत तोडिन्छ। यस अवसरमा विवाहित चेलीहरूलाई ‘अग्रासन’ नामक उपहार पठाउने परम्परा पनि छ, जसलाई आपसी प्रेम र सम्मानको प्रतीक मानिन्छ।

देशभरको उत्सव

श्रीकृष्णजन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, काठमाडौंको नवतनधाम, बूढानीलकण्ठको श्रीकृष्ण भावनामृत सङ्घ र देशभरका अन्य मन्दिरहरूमा विशेष पूजा, भजन–कीर्तन, प्रवचन, रथयात्रा र शोभायात्रा आयोजना गरिन्छ। विशेषगरी महिलाहरू मध्यरातमा कृष्णको जन्म क्षणमा पूजा लगाएर रातभर भक्ति गीत गाउने गर्छन्।

 

धार्मिक विश्वासअनुसार, यस दिन व्रत बसी पूजाआजा गर्नेहरूले मनोकामना पूरा हुने, पाप क्षय हुने र जीवनमा सुख–समृद्धि प्राप्त हुने आशा राखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!