Listen LIVE

बाँके – अत्यधिक गर्मी बढ्दै गएपछि बाँकेका स्थानीय तहहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन्। खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयहरूमा पाँच दिनको गर्मी बिदा दिएको छ भने नेपालगञ्ज उपमहानगरपालिकाले पनि आधारभूत तथा माध्यमिक तहका विद्यालयहरूमा केही दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। यसअघि कोहलपुर नगरपालिकाले समेत गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो।

Advertisement 1

स्थानीय तहहरूले बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बिदा दिएको जनाएका छन्। विशेषगरी विद्यालय आउजाउ गर्नुपर्ने बालबालिकालाई लु तथा अत्यधिक गर्मीबाट जोगाउन यस्तो निर्णय गरिएको बताइएको छ।

Advertisement 2

तर विद्यालयहरूमा पटक–पटक बिदा दिइने क्रम बढ्दै जाँदा अभिभावकहरू भने असन्तुष्ट बनेका छन्। अभिभावकहरूको भनाइमा वर्षे बिदा, गर्मी बिदा, शनिबार–आइतबार, स्थानीय बिदा, चाडपर्व बिदालगायत विभिन्न कारणले विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भइरहेको छ।

Advertisement 3

 

केही अभिभावकहरूले विद्यालय बन्द गर्नु समस्याको स्थायी समाधान नभएको बताएका छन्। उनीहरूका अनुसार स्थानीय सरकार र विद्यालय प्रशासनले भौतिक पूर्वाधार सुधार, कक्षाकोठालाई तापक्रम अनुकूल बनाउने व्यवस्था, चिसो पिउने पानी, पंखा तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउन ध्यान दिनुपर्नेमा बारम्बार बिदा घोषणा गर्ने प्रवृत्ति बढेको छ।

 

“चैत–वैशाखमा हावाहुरी, जेठमा गर्मी, असार–साउनमा वर्षा भन्दै विद्यालय बन्द गरिरहने हो भने शैक्षिक गुणस्तर कसरी सुधार हुन्छ?” भन्ने प्रश्न अभिभावकहरूले उठाएका छन्। उनीहरूको भनाइमा निजी तथा संस्थागत विद्यालयहरूले शुल्क उठाउने तर पर्याप्त सेवा–सुविधा नदिने, सरकारी विद्यालयहरूमा पनि पूर्वाधार सुधारमा पर्याप्त ध्यान नदिने अवस्था रहेको छ।

 

अभिभावकहरूले विद्यालय बन्द गर्नुको सट्टा सुरक्षित र अनुकूल शैक्षिक वातावरण निर्माण, गुणस्तरीय पढाइ, प्रयोगात्मक शिक्षा, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीमैत्री सेवा–सुविधामा लगानी गर्न स्थानीय तह र विद्यालय प्रशासनसँग माग गरेका छन्।

 

यद्यपि स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै स्थानीय तहहरूले हालका लागि बिदा घोषणा गरेका भए पनि यसले विद्यार्थीको सिकाइ उपलब्धिमा दीर्घकालीन असर पार्न सक्ने भन्दै शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!