Listen LIVE

नेपालगञ्ज १८ असोज – फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पादै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको नेटवर्थ बिहीबार २०६.२ अर्ब डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ। जेफ बेजोसको सम्पति भने २०५ अर्ब डलर कायम भएको छ। मार्कको सम्पति यो वर्ष ७८ अर्ब डलरले बढेको छ ।


मेटाको नाफामा आएको वृद्धिका कारण सेयर भाउ बढेको छ। १ वर्षको समय अवधिमा यस कम्पनीको सेयर भाउ ९० प्रतिशतले बढेको छ । १ महिनामा मात्रै मेटाको भाउ १४ प्रतिशत बढेको देखिएको छ । सेयर मूल्यमा वृद्धिका कारण यसको बजार पुँजीकरण १४ खर्ब ७० अर्ब डलर भन्दा माथि पुगेको छ । यता, इलन मस्क भने विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पति २५६ अर्ब डलर छ । 

Advertisement 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!