उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजले बजारमा हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका एक युवकलाई मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घर भई जलजले बजारमा डेरा गरी बस्ने उर्मिला तामाङ (२९) लाई उनकै श्रीमान जंगबहादुर तामाङले हत्या गरी टाउको हातमा बोकेर हिडेका थिए ।श्रीमानले श्रीमतिको खुकुरीले घाटीमा काटेर हत्या गरी टाउको हातमा लिएर मंगलबार साँझ करिब ६ बजे हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएको हो । आवश्यक अनुसन्धान गरी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुर जनाएको छ । घटना पूर्ण बिरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । भिडियो हेर्न: https://www.facebook.com/61566565768222/videos/8821004084633316/?app=fbl Post navigation श्रीमतिको हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका जंगबहादुर पक्राउ नेपालगञ्ज नाकामा भन्सार गेट सारियो, अब राति १०:३० बजेसम्म खुला