Listen LIVE

नेपालको लोकसांगीतिक क्षेत्रमा नयाँ गीत ‘पछ्यौरी मखमली’ सार्वजनिक भएको छ। यस गीत श्रेया बडु अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Advertisement 1

 

गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक तथा सर्जक ऋषि खड्काको स्वर रहेको छ। गीतका शब्द र संगीत ऋषि खड्काले नै तयार पारेका हुन् भने संगीत संयोजन केशब बडुले गरेका छन्। अडियो रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्।

Advertisement 2

 

संगीतमा विभिन्न वाद्ययन्त्रको प्रयोग गरिएको छ। बाँसुरीमा रत्न बीके, मादलमा खडक बुढा, सारंगीमा हेमन्त काञ्छा रसाइली, गितारमा सञ्जीव बराइली र सहनाईमा बलबहादुर जैरुले साथ दिएका छन्। रेकर्डिस्टका रूपमा खुमान र सुमन राना रहेका छन्।

Advertisement 3

 

गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ। भिडियोमा चक्र बम र श्रेया बडुको अभिनय देख्न सकिन्छ। मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो बुद्ध थापा एन्ड टिमले छायांकन गरेका हुन्। भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने मेकअप सरिता मगरको रहेको छ। पोस्ट प्रोडक्सन एड्भेन्चर इन्टरटेन्मेन्टले गरेको हो।

 

लोकल स्वाद, मौलिक शब्द र सुरीलो संगीतले सजिएको ‘पछ्यौरी मखमली’ दर्शक र श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!