काठमाडौँ : बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था पुनः गम्भीर भएको छ। उनलाई अहिले अस्पतालको NICU (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा राखेर उपचार भइरहेको छ।
Advertisement 1
सचिनका बुवाले एक अन्तर्वार्तामा सचिनको स्वास्थ्य अवस्था र आफ्नो पीडाको बारेमा जानकारी दिएका छन्। उनले छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले आफू निकै दुःखी भएको र रोएको पनि बताए। यसअघि पनि सबैको सहयोगबाट सचिनलाई बचाउन सफल भएको स्मरण गर्दै उनले यस पटक आफूले सहयोगका लागि आग्रह नगर्ने बताएका छन्।
Advertisement 2
“मैले सहयोग माग्दा धेरैले ‘फेरि माग्न आयो’ भनेर गाली गर्नुहुन्छ, त्यसैले यो पटक मैले कसैसँग सहयोग माग्ने आँट गरेको छैन। तर, सचिनलाई माया गर्नेहरूले चाहे र सहयोग गर्नुभयो भने, सायद उसलाई फेरि बचाउन सकिएला भन्ने आशा छ,” उनले भनेका छन्।
Advertisement 3
सचिन परियार नेपाली मनोरञ्जन क्षेत्रका चर्चित बाल कलाकार हुन्। उनको स्वास्थ्यको खबरले प्रशंसक र शुभचिन्तकहरूलाई मर्माहित बनाएको छ। सचिनलाई बचाउन आवश्यक उपचारको लागि सहयोग गर्न इच्छुक व्यक्तिहरूले प्रत्यक्ष रुपमा परिवारसँग सम्पर्क गर्न सक्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया