काठमाडौँ : बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था पुनः गम्भीर भएको छ। उनलाई अहिले अस्पतालको NICU (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा राखेर उपचार भइरहेको छ। अन्तरबार्ता हेर्नुहोस सचिनका बुवाले एक अन्तर्वार्तामा सचिनको स्वास्थ्य अवस्था र आफ्नो पीडाको बारेमा जानकारी दिएका छन्। उनले छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले आफू निकै दुःखी भएको र रोएको पनि बताए। यसअघि पनि सबैको सहयोगबाट सचिनलाई बचाउन सफल भएको स्मरण गर्दै उनले यस पटक आफूले सहयोगका लागि आग्रह नगर्ने बताएका छन्। “मैले सहयोग माग्दा धेरैले ‘फेरि माग्न आयो’ भनेर गाली गर्नुहुन्छ, त्यसैले यो पटक मैले कसैसँग सहयोग माग्ने आँट गरेको छैन। तर, सचिनलाई माया गर्नेहरूले चाहे र सहयोग गर्नुभयो भने, सायद उसलाई फेरि बचाउन सकिएला भन्ने आशा छ,” उनले भनेका छन्। सचिन परियार नेपाली मनोरञ्जन क्षेत्रका चर्चित बाल कलाकार हुन्। उनको स्वास्थ्यको खबरले प्रशंसक र शुभचिन्तकहरूलाई मर्माहित बनाएको छ। सचिनलाई बचाउन आवश्यक उपचारको लागि सहयोग गर्न इच्छुक व्यक्तिहरूले प्रत्यक्ष रुपमा परिवारसँग सम्पर्क गर्न सक्ने अपेक्षा गरिएको छ। Post navigation किशोरीमाथि बलात्कार आरोपमा दुई जना पक्राउ अछाममा कुखुराको मासु खादा एकको मृत्यु ३ बिरामी