Listen LIVE

कोहलपुर ।  बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ ।

Advertisement 1

जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका छन् । कोहलपुर नगरपालिका–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको बताए। विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष मगरले जानकारी दिए ।

 

Advertisement 2

वडा कार्यालयले विवाह दर्ता गरेपछि खुसी हुँदै सञ्जु र रिचा दुवै जनाले नगरपालिकालाई धन्यवाद दिए । समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए ।

 

Advertisement 3

वडा सचिव चौधरीले कोहलपुरमा समलिङ्गी विवाह दर्ता भने पहिलो पटक गरेको बताए । उनले भने-‘धेरै विवाह दर्ता गराएँ, समलिङ्गी विवाह दर्ता गरेको भने यो नै पहिलो पटक हो । नयाँ सिकाइ भयो ।’

 

विवाह दर्ता गराउन मायाको पहिचान नेपालले अगुवाइ गरेको जनाएको छ । मायाको पहिचान नेपालको पहलमा उनीहरूको विवाह दर्ता हुन सफल भएको सो संस्थाका सचिव सुरेन्द्र पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!