Listen LIVE

नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बाँके जिल्लामा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ।

Advertisement 1

 

जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनाअनुसार निर्वाचन आयोगको निर्णयबमोजिम मिति २०८२ फागुन १५ गते शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री, वितरण र सेवन निषेध गरिएको हो।

Advertisement 2

सूचनामा निर्वाचन अवधिमा शान्ति सुरक्षा सुदृढ राख्न र कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन यस्तो निर्णय गरिएको उल्लेख छ। प्रशासनले उक्त अवधिमा होटल, रेस्टुरेन्ट, मदिरा पसल तथा अन्य व्यवसायीलाई नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Advertisement 3

 

निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकाय सक्रिय रहेको जनाइएको छ। आदेश उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

 

जिल्ला प्रशासन कार्यालय बाँकेले सबै नागरिकलाई संयमता अपनाउँदै शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!