Listen LIVE

मकवानपुर : मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिएको थियो ।

Advertisement 1

 

दुर्घटनामा मोटरसाईकल पछाडी बसेका चितवन रत्ननगर नगरपालिका १६ पिठुवा बस्ने बर्ष ५६ का निम बहादुर थापाको मृत्यु भएको थियो । टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement 2

 

मृतकका आफन्तले ट्रक चालकमाथि कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शनका साथै एक घन्टा पूर्व-पश्चिम राजमार्ग बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!