Listen LIVE

नेपालगञ्ज : “मेहनत, सृजना, उत्पादन र वस्तु : मेरो नेपालको” मूल नाराका साथ आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ नेपालगञ्जमा आयोजना हुने भएको छ।

Advertisement 1

 

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समिति तथा जिल्ला समिति बाँकेको आयोजनामा तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव पुस ३० गतेदेखि माघ १० गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुनेछ।

Advertisement 2

 

महोत्सवबारे आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै महोत्सव संयोजक समरबहादुर खत्रीले महासंघ तथा महिला उद्यमी समितिको कार्यालय भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए। साथै स्थानीय स्रोतसाधनको सदुपयोग गरी उत्पादन भएका घरेलु तथा साना उद्योगका वस्तुहरूलाई दिगो बजार पहुँच दिलाउनु पनि महोत्सवको मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे।

Advertisement 3

 

महोत्सव सह–संयोजक विष्णु प्रसाद खनालका अनुसार महोत्सवमा २०० देखि २५० वटासम्मका स्टल रहनेछन्। ती स्टलहरूमा घरेलु तथा साना उद्योगका उत्पादन, कृषि उपज, वन पैदावार, हस्तकला, सूचना प्रविधि, ऊर्जा, बायोग्यास, पर्यटन तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिनेछ। महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीय उत्पादनहरू महोत्सवका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।

 

महोत्सवलाई सफल बनाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति कोहलपुर, खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी, डुडुवा र नरैनापुर पालिका समितिहरूको सहकार्य रहेको छ।

 

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम दैनिक रूपमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार महोत्सवमा १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।

 

महोत्सवमार्फत लुम्बिनी प्रदेशभित्र रहेका कला, संस्कृति, भेषभूषा, मौलिक पहिचान, परम्परागत पेशा र सीपलाई राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ। साथै बाँके जिल्लाका धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थलहरू बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर बाबा मन्दिर, वर्फानी बाबा मन्दिर, वाटरपार्क र गाभर भ्याली लगायतको प्रचार–प्रसारमा समेत महोत्सवले योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

 

स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक व्यापार प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित आयोजना हुन लागेको यो महोत्सवले घरेलु तथा साना उद्योग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!