Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज: बाँके जानकी गाउँपालिका–२, बनकटवाका करनसिंह सिख नेपाली सेनामा भर्ती भई इतिहास रचेका छन्। उनी नेपाली सेनामा सेवा दिने सिख समुदायका पहिलो व्यक्ति बनेका हुन्।

Advertisement 1

 

अछाम जिल्लास्थित गोरख बक्स गण, मंगलसेन ब्यारेकमा सम्पन्न दसौँ समूहको सैन्य आधार तालिममा सहभागी करनसिंहले ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ सफलतापूर्वक पूरा गरेसँगै नेपाली सेनामा सिख समुदायको सहभागिता सुनिश्चित भएको हो।

Advertisement 2

 

करनसिंहको यो सहभागिता नेपाली सेनामा विविधता र समावेशीताको दृष्टिकोणबाट ऐतिहासिक कदमका रूपमा लिइएको छ। यससँगै सिख समुदायको नेपाली राष्ट्रिय सेवामा प्रत्यक्ष सहभागिता प्रारम्भ भएको छ।

Advertisement 3

स्थानीयवासी र उनका आफन्तले करनसिंहको यस उपलब्धिमा गर्व व्यक्त गर्दै भविष्यमा अन्य सिख युवालाई पनि देशसेवामा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!