Listen LIVE

नेपालगञ्ज: देशका पहाडी क्षेत्रमा शुक्रबार साँझदेखि नै मौसममा फेरबदल देखिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना देखिएको छ।

Advertisement 1

 

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मध्यम हिमपातको पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

Advertisement 2

 

प्रदेशगत मौसमको अवस्था

Advertisement 3

  • कोशी प्रदेश: हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षाको सम्भावना।
  • मधेस प्रदेश: तराई क्षेत्रमा आंशिक बदली।
  • बागमती प्रदेश: हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षाको सम्भावना।
  • गण्डकी प्रदेश: हिमाली र पहाडी दुवै क्षेत्रमा वर्षा र हिमपातको सम्भावना।
  • लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा हल्का वर्षा र तराईमा पनि वर्षाको सम्भावना।
  • कर्णाली प्रदेश: हिमाली क्षेत्रमा मध्यम हिमपात र पहाडी क्षेत्रमा वर्षाको सम्भावना।
  • सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा मध्यम हिमपात, पहाडी क्षेत्रमा वर्षा र तराई क्षेत्रमा पनि वर्षाको सम्भावना।

मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ र हिमपातबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली भेगका बासिन्दालाई थप सावधानी अपनाउन अनुरोध गरिएको छ। यात्रामा निस्कनेहरूले पनि मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!