Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट । नेपालगञ्ज–१२ बेलासपुरमा अवस्थित स्वस्तिक कटेज गार्डेन एन्ड रेस्टुरेन्टले जाडो मौसम र क्रिसमस तथा न्यु इयरलाई लक्षित गरी दुई फरकफरक विशेष अफर सार्वजनिक गरेको छ। स्वादिष्ट परिकार, शान्त वातावरण र पारिवारिक सेवाका कारण पहिचान बनाउँदै आएको यस रेस्टुरेन्टले ग्राहकलाई लक्षित गरी आकर्षक छुट तथा फ्री अफर ल्याएको हो।

Advertisement 1

पहिलो अफर विशेषगरी जाडो महिनालाई मध्यनजर गर्दै लागू गरिएको छ। जाडो मौसममा ग्राहकको रोजाइलाई ध्यानमा राख्दै फुड तथा बेभरेजका सबै आइटममा १५ प्रतिशत छुट दिइएको व्यवस्थापनले जनाएको छ। साथै १९९ रुपैयाँमै भेग खाना उपलब्ध गराइँदै आएको छ। जाडोमा शरीर तातो राख्ने परिकारका रूपमा सुप छोइला, हाँस, लोकल कुखुरा, बटाई चराको मासुजस्ता विशेष परिकार पनि ग्राहकको चाहनाअनुसार उपलब्ध हुने बताइएको छ।

Advertisement 2

दोस्रो अफर भने क्रिसमस र न्यु इयर पर्वलाई लक्षित गरी ल्याइएको विशेष फेस्टिभ अफर हो। यस अन्तर्गत सबै फुड आइटममा १५ प्रतिशत छुट दिइनुका साथै विभिन्न पेय पदार्थमा आकर्षक फ्री अफर उपलब्ध गराइएको छ। एक बोतल बियर किन्दा सानो बोतल निःशुल्क, जम्बो कोल्ड ड्रिंक किन्दा २५० एमएल थप, दुई कोल्ड ड्रिंक किन्दा एक निःशुल्क, एक बोतल डोमेस्टिक वाइन किन्दा एक गिलास फ्री, १८० एमएल डोमेस्टिक अल्कोहल किन्दा ६० एमएल थप तथा दुई आइसक्रिम किन्दा एक निःशुल्क दिने व्यवस्था गरिएको छ।

Advertisement 3

स्वस्तिक कटेज गार्डेन एन्ड रेस्टुरेन्टमा भर्खरै सञ्चालनमा आएको क्याफे एन्ड फ्यामिली रेस्टुरेन्टसँगै पाँचवटा कटेज र साना ठूला गरी आठवटा क्याबिन रहेका छन्। पारिवारिक जमघट, गोष्ठी तथा समारोहका लागि दुईवटा हल समेत उपलब्ध छन्। शान्त र सुरक्षित वातावरणमा बसेर खाना, नास्ता तथा पेय पदार्थको आनन्द लिन सकिने व्यवस्थापनको दाबी छ।

यसका साथै ग्राहकले आफ्नै घरमै बसेर आफूले चाहेको खाना तथा नास्ता होम डेलिभरीमार्फत मगाउन सक्ने सुविधा पनि उपलब्ध छ। जन्मदिन तथा वैवाहिक वार्षिकोत्सवका लागि सामान्य सजावट निःशुल्क गरिने सुविधा समेत रहेको जानकारी दिइएको छ।

स्वाद, सेवा र वातावरणको राम्रो संयोजनसहित जाडो र पर्वको खुसी मनाउन चाहनेहरूका लागि स्वस्तिक कटेज गार्डेन एन्ड रेस्टुरेन्ट आकर्षक गन्तव्य बनेको छ। थप जानकारी तथा अर्डरका लागि ०८१–४१५११९, ९८५८०४९११९ र ९८४५५४७८८० मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!