Listen LIVE

काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ|

Advertisement 1

गत असोज १७ गते काठमाडाैंमा भएको नेपाल, भारत र बंगलादेशबीच भएकाे त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

 

Advertisement 2

सम्झौता अनुसार आज नोभेम्बर १५ मा ४० मेगावाट बिद्युत भारतकाे प्रसारण लाइन हुँदै बंगलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । बंगलादेशमा निर्यात गरिने विद्युतकाे स्रोत परियोजनालाई भारतले स्वीकृत गरेसँगै विद्युत् निर्यात गर्न लागिएको हो ।

 

Advertisement 3

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गर्नुभएकाे थियाे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा साे सम्झौतामा हस्ताक्षर भएकोथियाे । भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्ने भएकाले सम्झौतामा भारत पनि समावेश भएकाे हाे ।

 

सम्झाैता अनुसार नेपालले बंगलादेशमा ५ वर्षसम्म बिजुली निर्यात गर्नेछ । नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले बिजुली बेच्नेछ । बंगलादेशमा बिजुली निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिङ चार्ज भने बंगलादेशले तिर्नेछ ।

 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । कूल ४ सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर– भेडामारा चार सय केभी) बिजुली बंगलादेश पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!