Listen LIVE

नेपालगञ्ज पोष्ट। लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार काठमाडौंमा उपचारकै क्रममा निधन भएको छ।

Advertisement 1

 

रुकुम पूर्वकी पुन एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेकी थिइन्। केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन सेन्टरमा भर्ना गरिएको थियो।

Advertisement 2

 

उपचारका क्रममा पुनमाथि दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो। पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमा मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको अस्पतालले जनाएको छ।

Advertisement 3

 

पुन लुम्बिनी प्रदेशसभामा अर्थ तथा पर्यटन विकास समितिकी सदस्य थिइन्। उनकाे निधनले एमाले पार्टी तथा लुम्बिनी प्रदेशसभामा शोकको वातावरण छाएको छ।

 

रुकुम पूर्वको तकसेरा निवासी पुनको असामयिक निधनप्रति प्रदेशसभा सदस्य, राजनीतिकर्मी तथा स्थानीयवासीले दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!