Listen LIVE

नेपालगञ्ज : पछिल्लो समयमा निकै चर्चित गायक तथा मोडल चक्र बमको नयाँ गीत ‘ देउसी भैलो देउडा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा गायक बमकै शब्द तथा लय रहेको छ भने गायक चक्र बमलाई अनिता चलाउने र लाल बहादुर धामी (अछामी बड्डो) ले साथ दिएका छन् ।

Advertisement 1


हिन्दुहरुको दोश्रो महान चाड तिहारमा खेलिने देउसी भैलोलाई देउडाको सम्मिश्रण गरेर सुदूरपश्चिमेली तथा कर्णाली क्षेत्रलाई उजागर गर्ने गरी कलाकार बमले गीतका शब्द, परिस्कृत भाका र लवज पस्केका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा चक्र बम, श्रीया बडु, लाल बहादुर धामी, अनिता चलाउने तथा साथीहरुको अभिनय रहेको छ ।


केशव बडुले एरेन्ज गरेको गीत प्रिज्म, कुसुम र प्रियसी रेकर्डिङ स्टुडियोमार्फत तयार गरिएको छ भने भिडियोमा विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।गायक चक्र बमको अफिसियल युट्युब च्यानलबाट सोमबार म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

Advertisement 2


पछिल्लो एक वर्ष सुदूरपश्चिमको भाषा, शैली र लवजमा चाडपर्व, धर्म, संस्कृती, पौराणिक कथामा आधारित ४ वटा गीतहरु पस्किएको र ती गीतहरू व्यवसायिक रूपमा सफल नभए पनि एक खालको परिचय सहित सकारात्मक प्रतिक्रिया पाइएको गीतका सर्जक चक्र बमले बताएका छन् ।

हेर्नुहोस् गीतको भिडियो :https://youtu.be/nZBG_DWL_-8?si=IYERl_t8WqzcFKIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!