Listen LIVE

कञ्चनपुर महेन्द्रनगरस्थित लागु औषध नियन्त्रण व्यूरो र बाँके प्रहरीको संयुक्त टोलीले बाँके, नेपालगंज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित लाल चन्द्र कामीको डेरामा खानतलासी गर्दा ९९ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

Advertisement 1

 

प्रहरीले लाल चन्द्र कामीको कोठामा खानतलासी गर्दा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाइन्टको दायाँ खल्तीबाट प्लास्टिकको दुई पोका ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो। तौल गर्दा उक्त पदार्थ १०२ ग्राम भए पनि प्लास्टिक हटाएपछि शुद्ध तौल ९९ ग्राम रह्यो।

Advertisement 2

त्यसैगरी कोठामा रहेको खाटबाट ब्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु पनि बरामद गरिएको छ।

प्रहरीले लाल चन्द्र कामी र राहुल शुक्लालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ।

Advertisement 3

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!