Listen LIVE

नेपालगन्ज – हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement 1

विभागले हिजो विशेष मौसमी बुलेटिन निकालेर आज दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो ।

विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको कारण आज दिउँसोपछि भोलिसम्म धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

Advertisement 2

यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भए पनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुने विभागले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

Advertisement 3

विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हल्का वर्षा हुनेछ । भोलि पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

गएको सोमवार र मङ्गलबार पनि देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन ।

मौसमविदले यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने अनुमान यसअघि नै गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!