Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान आज देखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यस अवधिमा मुसलमानहरू सूर्योदयदेखि सूर्यास्तसम्म निराहार ब्रत (रोजा) बस्ने गर्दछन्।

Advertisement 1

 

हिजरी संवतअनुसार रमजान इस्लाम धर्मको नवौँ महिना हो। धार्मिक मान्यताअनुसार यही महिनामा मुसलमानहरूको प्रमुख धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। यस अवसरमा इस्लाम धर्मावलम्बीहरू अल्लाहको कृपा प्राप्त हुने आशा राख्छन्।

Advertisement 2

रोजा सूर्योदयअघि बिहानको नमाज (फजिर) अघि केही खानेकुरा खाएर सुरु गरिन्छ, जसलाई सेहरी भनिन्छ। त्यसपछि पूरै दिन पानी समेत नपिई निराहार ब्रत बस्ने चलन छ। बेलुकी मगरिबको नमाजपछि आजान सुनेर खजुर अथवा पानीबाट रोजा खोल्ने (इफ्तार) गरिन्छ।

Advertisement 3

 

रोजा बस्ने समय सूर्य उदय-अस्तसँगै दैनिक परिवर्तन हुने गर्छ। इस्लाम धर्ममा रोजा बस्नु धार्मिक कर्तव्य मानिन्छ। तर, नाबालक, बिरामी, गम्भीर रोगी र गर्भवती महिलाहरूलाई रोजा बस्न अनिवार्य गरिएको छैन।

 

रमजान महिनामा गरिब, दिनदुःखी र असहायहरूलाई दान दिने परम्परा छ। मुसलमानहरूले आफ्नो कमाइको निश्चित अंश जकात रूपमा दान गर्छन्। यो महिना आत्मसंयम, त्याग, तपस्या र बलिदानको महिना मानिन्छ।

 

रमजान महिनाको सुरु हुने दिन मुसलमान समुदायले चन्द्रमा देखेपछि घोषणा गरिन्छ। शरीरलाई पवित्र राखेर रोजा बस्नुपर्ने धार्मिक मान्यता रहेको छ। रमजान महिना मुसलमानहरूका लागि ठूलो आस्था, भक्ति र अनुशासनको पर्व हो। एक महिनाको रमजान सम्पन्नपछि इस्लाम धमार्वलम्बीको मुख्य पर्व इद उल फित्र मनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!