Listen LIVE

नेपालगञ्ज पोष्ट : नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न Matrix Fight Night (MFN)–17 मा शानदार जित दर्ता गर्दै बान्टमवेट च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाएका छन्।

Advertisement 1

 

ढाँटले तेस्रो राउन्डको ५४ सेकेन्डमै भारतीय डिफेन्डिङ च्याम्पियन चुंगरेंग कोरेनलाई नकआउट गर्दै उपाधि जितेका हुन्। यस जितसँगै उनले कोरेनको पाँच लडाइँको जितको लगातार शृंखलामा पूर्णविराम लगाइदिए।

Advertisement 2

 

यो जितसँगै ढाँटको व्यावसायिक रेकर्ड ८–१ मा पुगेको छ। उनी यस प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।

Advertisement 3

 

बझाङ जिल्ला निवासी ढाँट नेपाली एमएमएमा उदाउँदो मात्र होइन, अब चम्किलो तारा बनेका छन्। उनले देखाएको प्रदर्शनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको छ।

 

प्रशंसा र बधाईका पात्र बनेका रविन्द्र ढाँटलाई अहिले सामाजिक सञ्जालमा “बझाङको बाघ”, “Knockout King”, र “Nepali Pride” जस्ता उपनामले सम्मानित गरिँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!