सुर्खेत, नेपालगञ्ज पोष्ट। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका युवायुवतीको पहिचान खुलेको छ।
Advertisement 1
सुर्खेतको काँक्रेविहार जङ्गलमा झुन्डिएको अवस्थामा युवायुवती मृत फेला, अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतकहरू सुर्खेत वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दिपिका चौधरी र जुम्ला कनका सुन्दरी गाउँपालिका–७ बस्ने १८ वर्षीय नरेश खत्री रहेको सनाखत भएको छ।
Advertisement 2
सोमबार बिहान करिब ११:२० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले करौतेको रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यसअघि, घटनाको सूचना प्राप्त हुँदा प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको बताएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूको नाम, थर र ठेगाना खुलेको हो।
Advertisement 3
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले शवको मुचुल्का तथा अन्य आवश्यक कानुनी प्रक्रियाहरू अगाडि बढाइरहेको छ।







