धरान : प्रतिबन्धित लागु औषध गाजासहित टेम्पु चालक पक्राउ परेका छन्। आइतबार राति धरानको चारकोसे झाडीबाट गाँजासहित प्रदेश १-०२-००२ ह.१६५५ नम्बरको टेम्पोसहित चालक धरान-१७ का धनबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश जबेगुले बताए।
Advertisement 1
भण्डारीले टेम्पोमा लोड गरेको १२३ केजी गाजा बरामद गरिएको उनको भनाई छ। पक्राउ परेका भण्डारीलाई सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
पछिल्लो समय धनकुटामा उत्पादन हुने गाजा तस्करहरूले धरान हुँदै इटहरी, विराटनगरबाट भारततर्फ लैजाने गरेका छन्। धरान प्रहरीले १५ दिन अगाडि पनि दुइटा सरकारी नम्बर प्लेटको गाडीमा गोली हानेर ७ सय केजी गाजा बरामद गरेको थियो।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
प्रतिक्रिया
Facebook Notice for EU!
You need to login to view and post FB Comments!








